नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवाली विपद् न्यूनीकरणसम्बन्धी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् ।
राष्ट्रिय विज्ञान दिवसका अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार आयोजना गरेको कार्यक्रममा डा. ज्ञवालीलाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो ।
अनुसन्धानमार्फत विपद् न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याएकोमा त्यसको कदरस्वरूप उनलाई २५ हजार नगद तथा प्रमाणपत्रसहितको उक्त पुरस्कार प्रदान गरिएको हो ।
उक्त अवसरमा डा. ज्ञवालीसहित पाँचजनालाई पुरस्कृत गरिएको थियो । अन्य विधामा पुरस्कृत हुनेमा प्राध्यापक प्रकाश घिमिरे, उदयराज खनाल, दीपकप्रसाद बाँस्तोला र मणि दाहाल छन् । ‘विज्ञान तथा प्रविधिको उन्नत विकास, प्रकोप र महामारीबाट सहज निकास’ भन्ने नाराका साथ शुक्रबार राष्ट्रिय विज्ञान दिवस भर्चुअल रूपमा मनाइएको हो ।
प्रकाशित: २ आश्विन २०७८ ०५:३८ शनिबार