१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाँजासहित तीनजना पक्राउ

मोरङको बेलाबारीबाट लागूऔषध गाँजासहित तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। बेलाबारी नगरपालिका–१ का ३५ वर्षीय सन्तोष राई, सोही ठाउँका ३० वर्षीय ज्ञानुराज राई र धनकुटा सहिदभूमि गाउँपालिका–३ का २८ वर्षीय महेश्वर राईलाई लागूऔषध गाँजासहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। पक्राउ परेकाहरुले घरबाटै गाँजा बिक्री वितरण गर्ने गरेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले घर खानतलासी गर्दा १९ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

‘पक्राउ परेका ज्ञानुको घरबाट १५ केजी र सन्तोषको घरबाट ४ केजी ६ सय ५० ग्राम लागूऔषध गाँजा बरामद गरिएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘उक्त गाँजा कारोबारमा संलग्न भएका महेश्वरसहित तीन जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएका छौं।’ गाँजासहित पक्राउ परेका तीन जनाविरुद्ध लागूऔषध कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ।  

त्यसैगरी मोरङको ग्रामथानमा करेन्ट लागेर बुधबार १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ग्रामथान गाउँपालिका–५ लवारेस्थित भरतलाल खाँको कुखुरा फर्ममा पानीको मोटर जोड्ने क्रममा करेन्ट लागी सोही ठाउँका ३० वर्षीय सन्तोष विश्वासको मृत्यु भएको डिएसपी श्रेष्ठले बताए।  

मोटर जोड्ने क्रममा करेन्ट लागेर बेहोस भएपछि विश्वासलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल ल्याइएको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २३ भाद्र २०७८ १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App