१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुकुम्बासीहरूको उठिबास

फाइल तस्बिर

अविरल वर्षाका कारण मध्यपुर थिमि नगरपालिका–१ को मनहरा सुकुम्बासी बस्तीका पाँच सय टहरा डुबानमा परेका छन्। टहरामा भएका अन्य सामग्री सुरक्षित स्थानमा राखिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। प्रहरीका अनुसार मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमी दिव्येश्वरी प्लानिङस्थित शिवबहादुर थापाको जग्गा भाडामा लिई फर्म सञ्चालन गरिएका जस्ताका टहरा डुबानमा परेका हुन्। उक्त स्थानबाट बंगुर, हाँस र अन्य सामानसमेत उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। साथै सोही नगरपालिका–९ बोडे निलबाराही नयाँ बस्तीमा मनहरा खोलाको पानी पसी सामान नष्ट भएको छ।

यस्तै वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति पुगेको छ। घटनास्थलमा पुगेर प्रहरीले उद्धार गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। जिल्लाको चाँगुनारायण नगरपालिका–६ नयाँ गाउँ बस्ने विक्रम तामाङको जस्ताको घर पहिरोका कारण जोखिममा परेको छ। 

यस्तै सोही नगरपालिका–९ ताथली चौतारा पुजारी टोलमा राजु परियारको जस्ताको घरपछाडिबाट पहिरो आई धरापमा परेको छ। वडा नम्बर ४ चाँगु इन्द्रेणी पुलमा वसन्त राईले सञ्चालन गरेको बंगुर फर्म मनहरा खोलाले बगाएको प्रहरीले जनाएको छ। त्यस्तै निमा मोक्तान लामाको जस्ताको टहरामा खोलाको पानी पसी पूर्ण रुपमा क्षति भएको छ। यस्तै सूर्यविनायक नगरपालिका–१० चितापोल नाला जाने बाटोमा पहिरो गइरहेकाले बाटो अवरोध भएको छ। घटनाबाट अहिलेसम्म कुनै पनि मानवीय क्षति भने हुन नपाएको उनले जानकारी गराए।

प्रकाशित: २२ भाद्र २०७८ ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App