१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महिलाहरुलाई नेतृत्व विकासका लागि तालिम

महिलाहरुको क्षमता विकास तालिम।

ओरेक रुकुमले महिलाहरुको क्षमता विकासका गतिविधिहरु अन्र्तगत तिन दिने नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न गरेको छ। त्रिवेणी गाउँपालिका र बाफीकोट गाउँपालिकाका अगुवा महिलाहरुको क्षमता विकास गरी समुदायमा महिला हिंसाविरुद्धको अभियान तथा आर्थिक सामाजिक सांस्कृतीक अधिकारका बारेमा सचेतना जगाउने उद्देश्यले नेतृत्व विकास सम्बन्धी ३ दिने तालिम सदरमुकाम खलगांमा सम्पन्न गरेको हो।  

विभिन्न महिला समुहका २५ जना महिलाहरु सहभागी तालिममा लैगिंक विभेद, महिला अधिकार, मानव अधिकार, घरेलु हिंसा, द्वन्द्व व्यवस्थापन लगायतका बिषयमा छलफल गरिएको थियो। महिला मानव अधिकार रक्षक सन्जालका बयूझना पुन देबकोटा, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, बारका अध्यक्ष गण्ोश हमाल, मुसीकोट नगरपालिकाका कानुनी सल्लाकार ललीत बुढा, महिला शाखाका कमला मल्ल, रेडक्रस सभापती रमा गौतम लगाएतले तालिमको सहजिकरण गरेका थिए।

तालिमका सहभागीहरुले त्रैमासिक कार्ययोजना समेत तयार गरेको थिए। जसमा उनिहरु समुदायमा गएर महिला हिंसा, बाल विवाह, घरेलु हिंसा ऐन, महिला स्वास्थ्य जस्ता विषयमा अभिमुखिकरण सन्चालन गर्ने योजना रहेका छन्। ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालका अनुसार यस्ता तालिमहरुले महिलाहरुको क्षमता विकासमा सहयोग पुर्याउने छ।  

धितालका अनुसार यो तालिमले सामुहिक नेतृत्वको भावना जगाएको छ भने महिलाका मुद्दा उठान गर्न सहज हुने छ। सहभागी निर्माण गरेको कार्ययोजना अनुसार गतिविधि संचालन गर्ने बातावरण बनेमा सचेतीकरणमा पनि टेवा पुग्नेछ भने पैरबी गर्न सक्षम हुनेछन्। तालिममा अन्त्यमा सहभागिहरुले आगामि दिनमा महिलाहरुको मुद्दामा सचेत भएर अगाडि बढ्ने बताएका थिए।  

प्रकाशित: १८ भाद्र २०७८ ११:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App