२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

युट्युवको शेयर निस्कासन भएको भन्दै ठगी गर्ने दुई पक्राउ

पत्रकार भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको आरोपमा सुर्खेत प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ‘सुर्खेत न्यूज २४’ युट्युव च्यानल खोलेर विभिन्न व्यक्तिहरुलाई ठगी गरेको आरोपमा प्रहरीले धर्मेन्द्र शाही र राजेन्द्र विकलाई पक्राउ गरेको हो।

प्रहरी निरीक्षक कनक शाहीका अनुसार युट्युवको शेयर निस्कासन भएको भन्दै स्थानीय चक्र शाहीबाट दुई लाख र शर्मिला शाहीबाट ५० हजार ठगेको उजुरीका आधारमा दुई जनालाई पक्राउ गरिएको हो।  

‘शेयर सदस्य बनाउँछु भन्दै पैसा उठाएर शेयर सदस्य नबनाएर ठगी गरेको उजुरीका आधारमा शाही र विकलाई भदौ ३ गते पक्राउ गरेका हौं,’ प्रहरी निरीक्षक शाहीले भने, ‘हामी थप अनुसन्धान गरिरहेका छौं।’

प्रकाशित: ८ भाद्र २०७८ ०९:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App