१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

बाढीको वितण्डा नदाेहोरियाेस भन्दै सिन्धुपाल्चोकमा महायज्ञ

तस्बिर स्राेतः रासस

असार १, साउन १७ तथा त्यसपछिको बाढी पहिरोले क्षति पुर्‍याएपछि थप क्षति नहोस् भन्ने कामनासहित सिन्धुपाल्चोकको इच्छेश्वर महादेवको मन्दिर संरक्षण समितिले इच्छेश्वर महादेवको मन्दिर हेलम्बु– ६ पीपलचौर र नदी तटमा महायज्ञ लगाएको छ। महायज्ञ आजसम्म चल्नेछ।

दुई दिनको विशेष पूजा आयोजना गरेको समितिले २० जना आचार्य गुरुद्वारा लघु रुद्री, चतुर्वेदका प्रत्येक मन्त्रद्वारा होम गरिने आचार्य नवराज भट्टराईले बताए।  

बाढीको वितण्डा अझै नरोकिएको र विश्वशान्तिको कामनाका लागि हेलम्बु गाउँपालिकाको आर्थिक सहयोगमा पूजा गरिएको उनले बताए।

प्रकाशित: ३२ श्रावण २०७८ ०८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App