१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बागलुङमा करेन्ट लागेर २२ वर्षीय युवकको मृत्यु

जिल्लाको बडिगाड गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बडिगाड गाउँपालिका-५ का दाँग घैयाबारीका २२ वर्षीय रेमश पाईजाका करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

सिमाकमा फुपुको घरमा मोबाईल चार्च गर्ने क्रममा विद्युत सर्ट भई उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए। सिमाक स्थायी घर भई दाँगमा डेरा गरेर बस्दै आएका पाईजा आफ्नो घरमा विद्युत नभएपछि श्रीमतीको फुपुकोमा मोबाईल चार्ज गर्न भनेर गएका थिए।  

मृतक पाईजाका श्रीमती र १८ महिनाकी छोरी रहेको बताइएको छ। घटनाबारे जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र ग्वालीचौर प्रहरी चौकीबाट प्रहरीले टोली पुगेको थियो।  

उनको शव पोष्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ। दिउँसो २ः२० बजेको समयमा करेन्ट लागेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ श्रावण २०७८ १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App