प्रदेश सभा सदस्य तथा पूर्वराज्यमन्त्री शेष अब्दुल कलाम आजाद उर्फ फुलबाबुको घरको गेटमा च्यापिएर एक बालकको मृत्यु भएको छ।
प्रदेश सांसद फुलबाबुको गढिमाइ नगरपालिका ३ गम्हरियास्थित निजी निवासको मेन गेट ढल्दा आइतबार दिउँसो च्यापिएर ६ वर्षीय बालकको मृत्यु भएको हो।
आफूहरु चुनावी सभालाई सम्बोधन गरिरहँदा सभाभन्दा करिब एक किलोमिटर टाढा आफ्नो घरको मेन गेटमा ६-७ जना बालबालिकाहरु झुन्डिएर खेलिरहँदा फलामे गेट ढलेको उनले बताए।
सोही ढलेको गेटमा च्यापिएर गढिमाइ–३ लक्ष्मीपुर निवासी शेख फिरोजका ६ वर्षीय छोरा मोहम्मद अल्फाज गम्भीर घाइते भएका थिए। फुलबाबुले आफ्नै गाडीमा उपचारका लागि गरुडास्थित हेल्थ लैण्ड हस्पिटलमा पुर्याए पनि उनको उपचारका क्रममा मृत्यु भएको बताए।
घटनाबारे गहनरुपमा अनुसन्धान भइरहेको इप्रका गरुडाका डिएसपी शङकर आचार्यले जानकारी दिए ।
प्रकाशित: १७ फाल्गुन २०८२ १८:४१ आइतबार





