चावाहिल चुच्चेपाटीमा रहेको भाटभटेनी सुपर मार्केटमा ६ वटा शव भेटिएको छ।
जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले भाटभटेनी सुपर मार्केटमा आगजनी गरेका थिए। शनिबार बेलुकी सफा गर्ने क्रममा शव फेला परेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिएका हुन्।
शव पूर्ण रूपले डढेका कारण पहिचान हुन नसकेको उनले बताए। '६ वटा शव फेला परको छ। आगोले जलेका कारण शवमा मासु कत्ति पनि छैन हड्डी मात्र बाँकी छ,' उनले भने, 'सरसफाइका क्रममा शव फेला परेको हो।'
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।
प्रकाशित: २९ भाद्र २०८२ १२:५१ आइतबार





