१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

ताजमहलमा एक वर्षमा ६९ लाख पर्यटक

प्रेमको प्रतीकका रूपमा विश्वप्रसिद्ध ताजमहल भारतको सबैभन्दा धेरै भ्रमण गरिने पर्यटन गन्तव्य बनेको छ।

वित्तीय वर्ष २०२४–२५ मा यस स्मारकले ६९ लाख आगन्तुकलाई आकर्षित गरेको सङ्घीय पर्यटन मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो भारत पर्यटन डाटा कम्पेन्डियममा जनाइएको छ। तीमध्ये ६२ लाख ६० हजार घरेलु पर्यटक र करिब छ लाख ४५ विदेशी पर्यटक रहेको मन्त्रालयले जनाएको छ।

सत्रौं शताब्दीमा निर्मित यो हात्तीको दाँतजस्तै सेतो सङ्गमर्मरको भव्य समाधि स्थल मुगल सम्राट शाहजहाँले आफ्नी प्रिय पत्नी मुमताज महलको स्मृतिमा निर्माण गरेका थिए। यस भव्य कृतिमा सम्राट शाहजहाँकै समाधि पनि अवस्थित छ।

पर्यटन मन्त्रालयका अनुसार ताजमहल एक दशकभन्दा बढी समयदेखि भारतमा सबैभन्दा बढी राजस्व आर्जन गर्ने र सर्वाधिक भ्रमण हुने स्मारक बनेर अग्रस्थान कायम राख्दै आएको छ।

विश्व सम्पदा सूचीमा दर्जा प्राप्त ताजमहलले आफ्नो ऐतिहासिक, सांस्कृतिक र वास्तुकलात्मक महत्त्वका कारण प्रत्येक वर्ष लाखौं आगन्तुकलाई निरन्तर आकर्षित गर्दै आएको छ। सिन्ह्वा

प्रकाशित: १२ आश्विन २०८२ ०८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App