१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

बुटवलबाट शव लिएर रोल्पा आएको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

माडि गाउँपालिका २ मा शनिबार बिहान ४ बजे भएको दुर्घटनामा सोहि ठाउँ घर भएका चालक २७ वर्षीय प्रकाश घर्ती मगरको मृत्यु भएको प्रहरीले बताएको छ। एम्बुलेन्समा बसेका ३८ वर्षीय प्रितीप्रसाद पुन सामान्य घाइते छन्।  

माडि गाउँपालिका घर्तिगाउँमा रहेको स्मृती अस्पताल प्रालीको रा १ च ७०५ नम्बरको उक्त एम्बुलेन्स कोर्चावाङ शव पुर्याएर फर्कदै गरेको थियो। रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार एम्बुलेन्स माडि गाउँपालिका २ खोलवाङ भिर नेरको सडकबाट करिब ६ सय मिटर तल खसेको छ।  

घटना भए लगत्तै प्रहरी निरीक्षकको टोली घटनास्थल पुगिसकेको उनले बताए।

प्रकाशित: ३० श्रावण २०७८ ०३:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App