१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बच्चा जन्माउन नसकेपछि गोरखाको सिर्दिबासबाट गर्भवतिको हेलिकप्टरबाट उद्धार

बच्चा जन्माउन नसकेकी महिलाको हेलिकप्टरबाट उद्धार गरिँदै ।

बच्चा जन्माउन नसकेपछि गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दिबासबाट एक महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। मंगलवारदेखि सुत्केरी ब्यथा लागेकी २५ वर्षीया छिरिङ डोल्मा गुरुङलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले बताए ।  

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत दुर्गम क्षेत्रका जटिल अवस्थाका सुत्केरी, गर्भवतीलाई निशुल्क उद्धार गर्ने व्यवस्था सरकारले गर्दै आएको छ। स्थानीय स्वास्थ्य चौकीले पालिका र प्रशासनको समन्वयमा महिला तथा बालवालिका मन्त्रालयलाई उद्धारका लागि अनुरोध गरेको हो । सोही अन्र्तगत नेपाली सेनाको हेलिकप्टरले सुत्केरीको उद्दार गरेको अधिकृत श्रेष्ठले बताए ।  

चुमनुब्री गाउँपालिका गोरखाको दुर्गम भेग हो। तिब्बतसँग सिमाना जोडिएको त्यहाँ सडक सञ्जाल पुगेको छैन। हेलिकप्टर बाहेकबाट उद्दार गर्न असम्भव छ। माथिल्लो क्षेत्रका नागरिकले अरु बेला पनि बिरामी परेमा उपचारार्थ हेलिकप्टरको महंगो शुल्क तिर्न बाध्य छन्। 

प्रकाशित: २६ श्रावण २०७८ ०७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App