२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

करिब दश लाख नक्कली नोटसहित तीन जना पक्राउ

रौतहट प्रहरीले करिब दश लाख नक्कली रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका ४ का ३८ वर्षीय शत्रुधन बरइ ठाकुर, महोत्तरी बर्दीबास नगरपालिका ९ का ३० वर्षीय रन्जित महतो र महोत्तरीकै भंगाहा नगरपालिका ४ का २५ वर्षीय दीपेन्द्रकुमार महतो रहेको रौतहट प्रहरीले जनाएको छ।  

भारतबाट नेपाल प्रवेश गरेका तीनै जनालाई ईशनाथ नगरपालिका ४ स्थित कालीमन्दिर नजिकबाट ९ लाख ९३ हजार रुपैयाँ नक्कली नोटसहित रौतहट प्रहरीले नियन्त्रणमा लिएको हो।  

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: २५ श्रावण २०७८ १६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App