१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ११ दिन विविध कार्यक्रम हुने

राष्ट्रिय युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ। युवाहरुको मुद्धालाई स्थापित गर्न संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने निर्णय अनुरुप यसवर्ष विविध कार्यक्रम हुने भएको हो। यो दिवसको नारा ‘खाद्य प्रणालीमा रुपान्तरण मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ तय गरिएको परिषद्ले जनाइको छ।

दिवसको अवसरमा परिषद्ले ११ दिन विभिन्न कार्यक्रम आयोजना गरिने परिषदका कार्यकारी उपाध्यक्ष माधव पौडेलले बताए। उपाध्यक्ष पौडेलले साउन १८ गते कलाकार अभिमुखीकरण कार्यक्रम आयोजना गरी दिवसको सुरु गरेको जानकारी दिँदै साउन २० देखि २८ सम्म भिडियो निर्माण प्रतियोगिता, २२ गते ‘वैदेशिक रोजगार : वरदान की अभिशाप’ विषयमा अन्तरक्रिया, २३ गते रक्तदान हुने जानकारी दिए।  

त्यसैगरी साउन २४ र २५ युवा जागरण लोकदोहरी प्रतियोगिता, साउन २४ गते सहुलियतपूर्ण कर्जाका अवसर र चुनौती विषयक सरोकारवालाहरुकाबीच अन्तरक्रिया, साउन २५ गते स्थानीय उत्पादन ः खाद्य प्रणालीमा रुपान्तरण विषयक वक्तृत्वकला प्रतियोगिता, २५ गते यौनिक तथा अल्पसंख्यक समूहसँगको अन्तरक्रिया, २६ गते बालिका तथा किशोरीको स्वास्थ्य र संरक्षणमा युवाको भूमिका विषयमा अन्तरक्रिया हुने भएको छ।

दिवसकै अवसरमा साउन २६ गते अपांगता भएका युवाहरुको राजनीतिक सहभागिता विषयक अन्तरक्रिया, २७ गते युवा र उद्यमशीलता संवाद, २६ र २७ गते खाद्य प्रणालीको रुपान्तरणमा युवा नवप्रवर्तक कार्यशाला र २८ गते मूल समारोहका साथै नेपालमा युवाको वर्तमान अवस्थाः चुनौती र अवसरमा संवाद कार्यक्रम आयोजना हुने भएको छ।

उपाध्यक्ष पौडेलले युवाहरुलाई नेपालमै उद्यम बनाउन परिषदको पहलमा विभिन्न ८ वटा शिर्षकमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने नीति ल्याएको बताए। उनmले वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई नेपालमै स्वरोजगार बनाउन परिषदले रिटर्नी माइग्रेन्ट्स नेपाल गठन गरी कार्य गरिरहेको जानकारी दिए।

प्रकाशित: २० श्रावण २०७८ ११:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App