६ वैशाख २०८१ बिहीबार
समाज

अक्सिजन सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँदा दुईको मृत्यु

अक्सिजन सिलिण्डर बोकेर नेपालगञ्जबाट जुम्ला जाँदै गरेको ट्रक मंगलबार कालिकोट खण्डमा पर्ने कर्णाली राजमार्गको एस मोडमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित एस मोडबाट बेलुका चार बजे ट्रक सडकबाट साढे तीन सय मिटर तल खसेको थियो।  

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) चक्रबहादुर शाहका अनुसार ट्रक चालक दीपक साउँद र सहचालक बाजुराको जुकोट घर भएका ३२ वर्षीय रेशमबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको छ। उनले क्षमताभन्दा धेरै लोड भएकाले एस आकारको मोडमा स्टेयरिङ घुमाउन नसक्दा दुर्घटना भएको हुन सक्ने बताए। ‘एस आकारको मोड ओरोलो छ,’ उनले भने, ‘ओरोलोमा स्टेयरिङ नकटेपछि दुर्घटना भएको हुनसक्छ।’

स्थानीयहरुले ठूलो आवाजसहित आगलागी भएको देखेपछि प्रहरीलाई खवर गरेका थिए। ‘ट्रकमा लोड गरिएका अक्सिजन सिलिण्डरहरु भीरबाट खस्दा आगलागी भएका छन्,’ उनले भने, ‘कति मात्रामा अक्सिजन सिलिण्डहरु थिए भन्ने खुलेको छैन।’ मृतक दुबैको शव सडकदेखि ३० मिटरको भिरमा फेला परेकाे थियाे।

ट्रकमा अक्सिजन सिलिण्डरसँगै जालीहरु पनि लोड गरिएको उनले जानकारी दिए।

प्रकाशित: १२ श्रावण २०७८ १५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App