२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

स्थानीय प्रशासन रमिते बन्दा यातायात व्यवसायीको मनपरी

जुम्लाबाट लामो तथा छोटो दुरीमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा अशुल्न थालेपछि यात्रुले सास्ती बेहोरीरहेका छन्। उनीहरुले स्थानीय प्रशासन रमिते बन्दा व्यवसायीको मनपरी चलेको आरोप लगाएका छन्। अहिले व्यवसायीले चर्को भाडा अशुल्दा न स्थानीय प्रशासनले नियमन गर्न सकेको छ। नत स्थानीय प्रशासनमा बसेको बैठकले निर्धारण गरेको भाडादर कायम गर्न सकेको छ। उल्टै रमिते भएर टुलु टुलु हेरेर बसेकोले यात्रुलाई मार परिरहेको स्थानीय बताउँछन्।  

यातायात सेवामा महंगो भाडा भएको भन्दै स्थानीय प्रशासनले व्यवसायी र यात्रुलाई मार नपर्ने गरेर भाडादर निर्धारण गरेको थियो। तर त्यो भाडादर कार्यन्वयन हुन सकेको छैन। स्थानीय जगतबहादुर परियारले यातायात व्यवसायीको मनपरीले यात्रु नराम्ररी प्रभावित बनेको बताए। उनले भने, 'व्यवसायीले मान्छेको अनुहार हेरेर भाडा लिन्छन्। उनीहरुको मनपरी छ। मनपरी भाडा अशुलेको बारेमा आवाज उठाउँदा बीचमै रोकिदिन्छन्।’

उनले भाडादरमा एकरुपता ल्याउन र जिल्लाभर एकै खाले भाडादर कायम गर्न माग गरे। यात्रुलाई पनि मर्का नहुने र व्यवसायीलाई पनि घाटा नलाग्ने गरि नयाँ भाडादर निर्धारण गर्न जरुरी छ। उनले भने,‘नत्र भने यात्रुलाई सास्ती नै सास्ती। व्यवसायीलाई मस्ती नै मस्ती हुनेछ। यो हामीलाई सैह्य हुनेछैन।’ कोरोनाका कारण जनजीवन अस्तव्यस्त छ। एक महिना देखि सार्वजनिक सवारीका साधन सडकमा गुडिरहेका छन। तर सार्वजनिक सवारीको अनुगमनमा स्थानीय प्रशासनको अनुगमन छैन। जसले गर्दा यातायात व्यवसायीको मनलाग्दी छ।  

जुम्ला देखि लामो दुरीका सवारीसाधन सुर्खेत, नेपालगंज र काठमाण्डौँका लागि छुट्छन्। सुर्खेत नेपालगन्ज सम्म बस,जीप, माइक्रोबस चल्छन्। काठमाडाैँ सम्म रात्री बस चल्छ। जुम्ला खलंगा देखि सुर्खेत सम्म ९ सय रुपैयाँ,नेपालगंज सम्म १ हजार ६९ रुपैयाँ र काठमाण्डौँ सम्म २ हजार ५ सय रुपैयाँ निर्धारण गएिको थियो। अहिले जीपले दुई हजार रुपैयाँ देखि दुई हजार ५ सय रुपैयाँ सम्म अशुलिरहेका छन्। बसले एक हजार ५ सय रुपैयाँ देखि दुई हजार रुपैयाँ सम्म अशुल्ने गरेका छन्। जसबाट जतिसक्यो त्यति नै भाडा उठाउँछन,एक यात्रु शिशिर थापाले भने,‘व्यवसायीको मनपरी छ। बोल्दिने कसले ? ’

स्थानीय प्रशासनलाई पटक पटक यातायात व्यवसायीले गरिरहेको लुटका विषयमा जानकारी गराउँदा पनि कुनै सुनुवाई हुन नसकेको उनले बताए। उनले लामो दुरीका सवारीसाधन भन्दा छोटो दुरीका सवारीसाधनले ब्रह्मलुट गरिरहेको बताए। कोरोनाका कारण व्यवसाय धरापमा परेको भन्दै मनपरी भाडा लिइरहेको स्थानीय बताउँछन्। व्यवसायी भाडा बढेको भन्छन्,उनले भने,‘यात्रुले जति आवाज उठाउदा पनि सुनुवाइ हुदैन। ’ बिना टिकट यात्रु चढाउने गरेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाले मनपरी रुपमा भाडा लिएको टिकट पेश गर्न भनिरहेको छ। तर व्यवसायी टिकट नदिएर यात्रु चढाउँछन्।  

व्यवसायीले सडकमै काउण्टर खोलेर यात्रु चढाउँछन्। काउण्टर बसपार्कमा खोलिएका छन्। यात्रु बाटोमै चढाउँछन्। मनपरी भाडा अशुल्न पनि काउण्टरमा टिक काटिदैन। व्यवसायीहरु प्रहरी प्रशासन छल्दै क्षमता भन्दा बढि यात्रु कोचेर यात्रा गरिरहेका छन्। प्रहरी चौकी,ट्राफिक कार्यालय नजिकै यात्रु ओराल्ने र हिड्न लगाउने गर्छन्। सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाई यात्रुबाट बढि भाडा लिएको प्रमाण भेटिएमा कारबाही हुने बताउँछन्।

प्रकाशित: १२ श्रावण २०७८ ०६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App