१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कोरोना कहरमा साउनः ‘हरियो चुरापोते किन्न फाट्टफुट्ट आउँछन् ग्राहक, पुरानै स्टक बेच्न सकस'

साउन महिना महिलाहरूका लागि विशेष महिना हो। यो महिनामा भगवान शिवको व्रत र पूजा गर्ने गरिन्छ। धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले पनि साउनको छुट्टै महत्व छ। यो महिनामा भगवान शिवको विशेष पूजार्चना गरिने भएकाले साउनलाई शिवजीको महिना पनि भन्ने गरिन्छ। साउनमा विवाहित तथा अविवाहित महिलाले विभिन्न मनोकांक्षा राखेर व्रत बस्ने गर्छन।  

साउन महिनामा महिलाहरूले विशेष रुचीका साथ हरियो चुरापोते र मेहन्दी लगाउने प्रचलन छ। साउन महिनामा विवाहित तथा अविवाहित महिलाहरुले मेहन्दी र हरियो चुरापोते लगाउने गरेको पाइन्छ। महिलाहरु हरियो पहिरनमा सजिनुका साथै हरेक सोमबार व्रतसमेत बस्ने गर्छन्।  

साउन महिना सुरुभएसँगै बजारमा हिन्दू धर्मावलम्वी महिलाहरु हातमा मेहन्दी तथा हरियो चुरा लगाउँछन् । यो वर्ष भने कोरोना महामारीका कारण बजारमा हरियो चुरापोते र मेहन्दी लगाउने महिलाहरुको चाप श्रृंगार पसलहरुमा घटेको छ। 

असार अन्तिमदेखि नै साउनमा हरियो पोते, चुरा र मेहन्दी लगाउने भिड भएपनि  यो वर्ष कोरोना संक्रमणको डरले ग्राहक शून्य जस्तै भएको व्यवसायीहरु बताउँछन्।

श्रृंगार समाग्री किन्न असन, इन्द्रचोकमा घुइँचो लाग्थ्यो। तर कोरोना महामारीसँगै व्यापारमा समेत कमी आएको व्यावसायीहरुको भनाइ छ ।  

प्रकाशित: ६ श्रावण २०७८ ११:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App