१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रकम भुक्तानीमा अनियमितताको आरोप

बर्दियाको ठाकुरबाबा नगरपालिकाका मेयर, प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतले नक्कली कागजपत्र बनाएर भुक्तानी गरेको पाइएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमको सर्सत अनुदान, भौतिक पूर्वाधारका निर्माण उपभोक्ता समितिको भुक्तानी, संकलन भएको राजश्व र कन्टिजेन्सीको रकममा व्यापक अनियमियता गरेको तथ्य सार्वजनिक भएको हो। विकास खर्चको २.५ देखि ३ प्रतिशतसम्म कन्टिजेन्सीमा जम्मा गर्ने नियम छ। नगरपालिकामा अतिथि सत्कार शिर्षकमा नियम मिचेर १० लाख रूपैयाँभन्दा बढी भुक्तानी गरिएको पाइएको छ।

नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा बाटो निर्माण गरेको रकम ससर्त अनुदानबाट भुक्तानी गरेको देखिन्छ। २ सय ४८ दिन काम गराएर भुक्तानी गर्नुपर्ने रकम एक सय जनालाई हाजिर मात्रै गराएर लेखा अधिकृत युवराज अधिकारीको संलग्नतामा भुक्तानी गरेको स्रोतको दाबी छ। उपभोक्ता समिति मार्फत निर्माण भएको उक्त बाटो निर्माणको काममा सहभागी नै नभएका स्थानीयको हाजिरमा नाम देखाइ भुक्तानी गरेको पाइएको छ।  

ससर्त अनुदानको रकम नगर प्रमुख घननारायण श्रेष्ठ, प्रशासकिय अधिकृत रामहरि रिजाल र लेखा अधिकृत अधिकारीको संलग्नता कामै नगरेकाहरूको नक्कली हाजिरी तयार गरेर एक सय दिन बराबरको ज्याला भुक्तानी गरेर रकम अनियमितता गरेको स्थानीयको आरोप छ। ‘नगरपालिकामा भएको आर्थिक अनिमियताका बारेमा सम्बन्धित निकायले छानबिन गर्नुपर्छ नगरपालिमा ठूलो अनिमियता भएको छ,’ एक स्थानीयको भनाइ छ।  

उक्त नगरपालिकामा २ करोड ३१ लाख प्रधानमन्त्री रोजगार कार्यक्रममा विनियोजन भएको रकममध्ये ३० लाख फ्रिज गरेर एक सय जना बराबरलाई दिनुपर्ने भुक्तानी अनिमियतता गरको एक जनप्रतिनिधिको दाबी छ। यस्तै कन्टिजेन्सी शिर्षकमा भुक्तानी भएका सामान खरिद बिल भरपाइ मिलाएर भुक्तानी गरेको पुष्टि भएको ती जनप्रतिनिधिले बताए। स्रोतका अनुसार खरिद गरिएका उत्तः सामग्री ‘स्टोर’मा समेत दाखिला गरिएको छैन।

भौतिक पूर्वाधारका आयोजनाका काम मूल्याकंन बढाएर भुक्तानी दिएको नगरप्रमुखमाथि आरोप ती जनप्रतिनिधिले लगाए। उपभोक्ताका नाममा ठकेदारले जिम्मा लिएका पूर्वाधारको काममा प्राविधिकलाई बढी मूल्याकंन गर्न लगाएर भुक्तानी दिएको आरोप लगाइएको छ। विभिन्न शिर्षकमा नीतिगत रूपमा भ्रष्टाचार गरेको भन्दै यहाँका कर्मचारी नै आक्रोशित भएका छन्। 

ससर्त अनुदानको रकम अन्यत्र खर्च गर्न नसकिने प्रमुख प्रशासकिय अधिकृत रिजालले बताए। ‘केही समित व्यक्तिले लगाएको आरोप मात्रै हो,’ उनले भने, ‘यसका बारेमा नगरपालिकामा कुनै अनिमियतता भएको छैन।’

प्रकाशित: ४ श्रावण २०७८ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App