coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिमाली क्षेत्र हेलम्बुमा गाउँ नै कोरोना संक्रमित, स्थानीयमा त्रास

विश्वमहामारी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट हिमाली क्षेत्र पनि अछुतो रहन सकेन। कोरोनाको दोस्रो लहर सुरुभएदेखि यसको चपेटामा हिमाली भेग पनि परेको छ।  

हेलम्बु गाउँपालिका १ को तार्केघ्याङमा ५० जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। बिकट क्षेत्र भनेर चिनिने तार्केघ्याङमा ५० जनामा संक्रमण देखिएको हो। केही दिन अघि ९२ जनाको स्वाब परीक्षण गरिएकोमा ५० जनामा संक्रमण देखिएको वडा अध्यक्ष मिङ्मर लामाले बताए।  

हाल संक्रमितहरु घरमै आइसोलेसनमा बसेका छन्। यस्तै, संक्रमितमध्ये एकजनाको अवस्था गम्भीर रहेको वडाध्यक्ष लामाले बताए। यति ठूलो संख्यामा कोरोना संक्रमण देखिनु यो क्षेत्रमा पहिलो पटक हो। जसका कारण स्थानीयमा त्रास बढेको छ।  

हालै बाढीपहिरोले क्षति पुर्‍याएको यस क्षेत्रमा गम्भीर अवस्थाका बिरामीलाई उपचार गर्न कठिन भएको छ। बाटो तथा मोटरबाटोहरु बाढीले बगाएपछि यहाँका स्थानीयहरु उपचार गर्नबाट बञ्चित हुने अवस्थाको सृजना भएको छ। यहाँ स्थानीयले सामान्य भन्दा पनि सामान्य उपचारका लागि पनि हेलिकप्टर चार्टर्ड गर्नु पर्छ।  

वडाध्यक्ष लामाका अनुसार यहाँबाट उपचारका लागि  हेलिकप्टर चार्टर्ड गर्नु बाहेक अन्य उपाय छैन। एकजनाले  झण्डै एक लाखभन्दा बढी रुपैयाँ तिरेर हेलिकप्टर चार्टर्ड गर्नु पर्ने उनले बताए।

'अस्ति भर्खरै आएको बाढीपहिरोले बाटो सबै बगाएको छ', उनले भने, 'अब मोटरबाटो मात्र होइन हिँडेर समेत जान सक्ने अवस्था रहेन।'

यस क्षेत्रमा कोरोना संक्रमण फैलिनुको मुख्य कारण खुल्न नसकेको बडाध्यक्षले बताए।

पछिल्ला दिनहरुमा नेपालका शहरी क्षेत्रभन्दा ग्रामिण क्षेत्रहरुमा कोरोनाको संक्रमण उच्च हुँदै गएको छ।

प्रकाशित: २ श्रावण २०७८ ०४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App