२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ब्राउनसुगरसहित एकै परिवारका ३ जना पक्राउ

कपिलवस्तुको तौलिहवा–मर्यादपुर सडक खन्ड अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित बर्धाहवा चोकमा ब्राउनसुगरसहित एकै परिवारका ३ जना पक्राउ परेका छन्। मर्यादपुरबाट तौलिहवा तर्फ आउँदै गरेको युपी ५५ बी ९४३६ नम्बरको मोटरसाईकलमा श्रीमान, श्रीमती र श्रीमानका भाईलाई २९ ग्राम ७९० मिलि ग्राम ब्राउनसुगर र अन्य लागु औषधसहित पक्राउ गरिएको हो। 

प्रहरीले चोकमा सवारी साधन चेकजाँच गर्नेक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर १ नयाटोलका २७ वर्षीय राकेश गुप्ता, उनकी श्रीमती प्रभावति गुप्ता र भाई बैजुकुमार गुप्ता लागुऔषधसहित पक्राउ परेको प्रहरी नायब उपरीक्षक धर्मराज भन्डारीले बताए। ब्लाउजभित्र प्लाष्टिकको थैलीमा लागुऔषध लुकाएर राखेकी प्रभावतिले श्रीमानलाई सो थैलो दिनेक्रममा प्रहरीले पक्रेको भन्डारीले बताए। 

सो थैलीबाट ब्राउनसुगरसहित नाईट्राभेट प्लाबलेट १० वटा बिन स्पास्मो फोर्ट ट्याबलेट १२४ वटा समेत फेला परेको थियो। पक्राउ परेकोहरुमाथि लागुऔषधको मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धानको प्रकृया अघि बढाइएको भन्डारीले बताए।

प्रकाशित: १ श्रावण २०७८ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App