coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उपत्यकाका सिडिओहरुको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी

काठमाडौं उपत्यकाका जिल्ला प्रमुख अधिकारीहरुको बैठक बस्दै छ। आज दिउँसो १ बजे काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओबीच निषेधाज्ञाबारे निर्णय लिन बैठक बस्न लागेको बताइएको छ।  

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिँदैछ। त्यसैले निषेधाज्ञा अवधी थप्ने तयारी भइरहेको हो।

बैठकमा उपत्यका बाहिर जाने–आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायात पनि खोल्ने विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित: ३१ असार २०७८ ०४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App