१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ब्राउनसुगरसहित एक पक्राउ

प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर–११ पिपिराका ४२ वर्षीय लिलाराम पुरीलाई एक ग्राम १८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 प्रहरी निरीक्षक कनक शाहीका अनुसार उनलाई घरबाटै पक्राउ गरिएको हो। ‘खाटको विस्तारामुनि कालो प्लाष्टिकमा एक पोका र सेतो प्लाष्टिकमा एक पोका गरेर एक ग्राम १८० मिलिग्राम ब्राउनसुगरसहित ५० हजार ३४० रुपैयाँ बरामद गर्‍यौं,’ प्रहरी निरीक्षक शाहीले भने, ‘योसँगै डिजिटल तराजु, एक थान मोवाइल र ट्याव पनि बरामद भएको छ।

’प्रहरीले लागूऔषधसहित पक्राउ परेका पुरीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ।  

प्रकाशित: ३० असार २०७८ ०६:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App