३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

त्रियुगा नदीमा बेवारिसे शव फेला

उदयपुरको चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेस्थित त्रियुगा नदीमा बेवारिसे शव फेला परेको छ । मंगलबार विहान अन्दाजी ११ः०० बजेको समयमा नदीबीचमा मृत व्यक्तिको शव देखेर स्थानीयले खवर गरे अनुसार इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको टोलीले बेवारिसे शव फेला पारेको हो ।

इप्रका बेलटारका निरीक्षकको कमाण्डमा खटेको टोलीले नदीको बीचमा डुबिरहेको अवस्थामा अपरिचित पुरुषको शव फेला पारेको हो । प्रहरीका अनुसार अन्दाज ५५ वर्ष उमेरकोजस्तो देखिने मधेसी मुलको सेतो कपाल, पहेँलो भेस्ट लगाएको, कालो झोला भिरेको र कम्मरमा डोरी बेरेको अन्दाज ५ फुट उचाईको शव फेला परेको हो ।  

टोलीले बेवारिसे मृत शरीर निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव कसको हो भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन् । नदी तर्ने क्रममा ती व्यक्तिलाई बाढीले बगाएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।  

केही दिनयता भईरहेको निरन्तर वर्षाका कारण त्रियुगामा पानीको सतह बढेर वारपार गर्न नसक्ने अवस्थामा पुगेको छ । ज्यामिरेमा रहेको ९ नंं. वडा कार्यालय तथा १० नं. वडा हडियाबासी नगरपालिका केन्द्र बेलटार आउजाउ गर्ने मुख्य नाका ज्यामिरे हो । मुल बाटो भए पनि पुल नभएका कारण त्यहाँ वर्षेनी डुंगा चलाउनुपर्ने बाध्यता रहेको छ । यसवर्ष भर्खरै वर्षा सुरु भएकाले डुंगा सञ्चालनमा आईनसकेकाले नदी तर्ने क्रममा डुबेर मृत्यु भएको हुनसक्ने स्थानीयको अनुमान छ ।

प्रकाशित: २९ असार २०७८ १४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App