coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

म्याग्दीका प्रजिअ अधिकारीद्वारा पत्रकारलाई कार्यकक्षमै दुर्व्यवहार

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका पत्रकारहरुमाथि आइतबार दुर्व्यवहार गरेका छन्। द्वन्द्व पीडित अधिकार समाज म्याग्दीको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि प्रशासनमा पुगेका पत्रकार साधन राम्जाली र धिरनबहादुर खत्रीलाई समाचार, तस्बिर र दृष्य संकलन गर्न रोक लगाएर प्रजिअले कार्यकक्षबाट निकालेका हुन्। दृष्य र तस्बिर खिच्न रोक लगाई, धम्कीपूर्ण भाषा प्रयोग र दुर्व्यवहार गर्दै कार्यकक्षबाट निकालिएको पत्रकार राम्जालीले बताए।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सहसचिव राम्जाली आदर्शसमाज दैनिक, साधारण सदस्य खत्री कारोबार दैनिक, एभिन्युज टेलिभिजन लगायत सञ्चार माध्यममा आवद्ध छन्। 'आयोजकले ज्ञापनपत्र पढ्न थालेपछि तस्बिर र दृष्य खिच्न क्यामेरा निकाल्दा प्रजिअले कसको अनुमतिमा खिच्नुभयो? अनुमति बिना मेरो कार्यकक्षमा खिच्न मिल्दैन। बाहिर जानुहोस भन्दै धम्काउनुभयो’, राम्जालीले भने, ‘हामिले परिचय दिँदा पनि अपमानजनक ब्यवहार गरेर धम्काउँदै कार्यकक्षबाट निकाले।'

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग मार्फत द्वन्द्व पीडितका समस्या समाधान तथा माग सुनुवाईका लागि द्वन्द्व पीडित अधिकार समाज म्याग्दीका सचिब सुरेन्द्र केसीको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएका थिए। प्रजिअले समाचार संकलनका लागि गरेको अवरोध र पत्रकारहरुलाई गरेको दुर्व्यवहारको नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले भत्सर्ना र निन्दा गरेको छ।शाखा सचिब सन्तोष गौतमको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारीबाट भएको गैरजिम्मेवारपूर्ण ब्यवहार तथा कार्यशैली सच्चाउन माग गरिएको छ।

'पत्रकारले स्वतन्त्र हिसाबले समाचार संकलन गर्न, नागरिकले सूचना पाउने अधिकारको संरक्षण, पारदर्शिता, सुशासन कायम गर्ने वातावरण बनाउन जोडदार माग गर्दछु’, उनले भने। सचिब गौतमले प्रजिअको ब्यवहार आपत्तिजनक रहेकाले तत्काल आफ्नो भनाई सार्वजनिक गर्नुपर्ने बताए। पत्रकारलाई भएको दुर्व्यवहारप्रति म्याग्दी मिडिया सोसाइटी, नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालले पनि बिरोध र आपत्ति जनाएका छन्। 

प्रजिअ अधिकारीले भने पत्रकारलाई नचिनेर युट्युबर ठानेर अनुमति मागेर तस्बिर खिच्न अनुरोध गरेको प्रतिक्रिया दिएका छन्। प्रजिअ अधिकारीले संस्थागत परिचय नै दिँदा समेत आफ्नो अनुमति विना कार्यकक्षमै प्रवेश गर्न समेत नपाउने बताएका छन्।

प्रकाशित: २७ असार २०७८ १२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App