३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

बाढी–पहिरोमा आफन्त गुमाएका परिवारलाई आर्थिक सहयोग

‘ह्योल्मो सोसाइटी अफ अमेरिका’ले पाँचपोखरी थाङ्पाल गाउँपालिका लार्के–याङ्ग्रीमा बाढी–पहिरोबाट आफन्त गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको छ। हेलम्बूका गाउँपालिका–१ का युवाहरुले पाँचपोखरी थाङ्पाल गाउँपालिका पुगेर आफन्त गुमाएका ८ घरपरिवार २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्। 

असार १ गते आएको बाढीले लार्के–याङ्ग्रीमा ममानवीय क्षतिसँगै विद्यालय, स्वास्थ्य चौकी, लघु जल विद्युत, पुल लगायतका भौतिक संरचनामा क्षति पुगेको छ । बाढी–पहिरोका कारण दजनौं परिवार घरविहिन भएका छन्। 

पछिल्लो समय हेलम्बूका युवाहरु बाढी–पहिरोबाट विस्थापित भएको परिवारको उद्धार तथा राहत विरतरणमा सक्रिय छन् । 

प्रकाशित: २६ असार २०७८ ०६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App