६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

फलफूलका बिरुवा वितरण

महानगरपालिका क्षेत्रलाई हरियाली बनाउने तथा कृषकहरूलाई फलफूल खेतीमा आकर्षित बनाउन बिरुवा वितरण गरिएको छ ।  

विराटनगर महानगरपालिका कृषि शाखाले बिहीबार विभिन्न प्रकारका फलफूलका बिरुवा अनुदानमा वितरण गरेको हो। फलफूल दशक कार्यक्रमअन्तर्गत फलफूल बिरुवा रोपण तथा फलफूल खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको हो।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने, ‘एक घर एक फलफूलका बोटबिरुवा रोप्न सक्यौं भने आफैंलाई खान पनि हुने हरियाली हुन्छ। अहिले हामीले ५० प्रतिशत अनुदानमा विभिन्न प्रकारका फलफूलका बिरुवा वितरण गरेका छौं,। उलने नगरभित्रका किसान, कृषि सहकारी, कृषक समूह र व्यक्तिगत रुपमा घरमा रोप्नका लागि अनुदानको व्यवस्था गरिएको बताए।  

यसरी अनुदानमा बिरुवा प्रदान गरेपछि कृषकहरु पनि सामूहिक तवरले व्यवसायिक खेतीतर्फ आकर्षित हुने र आम्दानीको राम्रो स्रोत बन्ने छ। ‘व्यवसायिक रुपमा फलफूलको खेती गर्ने कृषकलाई महानगरपालिकाले सक्ने सहयोग गर्ने छ’, प्रमुख पराजुलीले भने, ‘अहिले पनि यहाँका केही किसानले महानगरपालिकाको सहयोगमा तरकारी र फलफूल खेती गरिरहनु भएको छ।’    

११ लाख ९० हजार रुपैयाँमा खरिद गरिएको १२ हजार ८६ वटा केरा, आँप, लिची, कागती, ड्रागनफ्रुट र अम्बालगायतका बिरुवा वितरण गरिएको हो। 

प्रकाशित: २४ असार २०७८ १३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App