coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खैरो हिरोइनसहित चार जना पक्राउ

लागूऔषध कारोबारी र सेवनकर्ताको संख्या बढ्दो क्रममा रहेका बेला इटहरीबाट चार जना खैरो हिरोइनसहित पक्राउ परेका छन्।  

प्रहरीले इटहरी वडा नं. ६ का २३ वर्षे दिपेश तामाङ, वडा नं.  ८ का २५ वर्षका माईकल भन्ने शम्भु कार्की र वडा नं. ५ का २० वर्षे सुजन श्रेष्ठले लागूऔषध खैरो हिरोइन कारोबार गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेका साथबाट प्रहरीले २१ ग्राम लागूऔषध खैरो हिरोइन बरामद गरेको छ।  

इटहरी वडा नं. ६ बाट प्र.१–०२–०४२ प ७२९७ नम्बरको डुक मोटरसाईकल प्रयोग गरी अवैध लागूऔषध खैरो हिरोइन कारोबार गर्दै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेका साथबाट तीन थान मोवाइल, ३१ हजार छ सय नगद र सुन जस्तो देखिने पहेलो धातु ४३.९० तौल भएको किचिएको बेरुवा औठी एक थान र हर्कमाया थापाको नामको एनएमबी बैँकको खाली चेक पनि प्रहरीले बरामद गरेको छ।  

यसैगरी, इटहरी वडा नं. १ स्थित सडक किनाराको कर्लभटमा शंकास्पद अवस्थामा प्रहरीले इटहरी वडा नं. ५ का २१ वर्षे सनम राईलाई चेक गर्दा सय मिलीग्राम खैरो हिरोइनसहित पक्राउ परेका छन्। उनले दाहिने हातमा बोकेको सेतो प्लाष्टिकको प्याकेट भित्र कालो प्लाष्टिकको पोकामा बेरी प्याक गरेको अवस्थाको खैरो हिरोइन भेटिएको प्रहरीले जनायो। पक्राउ परेका चारै जनालाई मुद्दा चलाएर अनुसन्धान थालिएको छ।

लागूऔषध प्रयोगकर्ताको हिसावले काठमाडौंपछि सुनसरी देशकै दोस्रो ठूलो जिल्लामा पर्छ। सुनसरीमा ६२ किलोमिटर खुल्ला सीमावर्ती क्षेत्रबाट पनि लागूऔषध नेपाल भित्र्याउन सहजै छ।

प्रकाशित: २१ असार २०७८ १४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App