८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

पूर्वी चितवनमा पहिरोले दुईको मृत्यु, तीन बेपत्ता

पूर्वी चितवनको राप्ती र कालिका नगरपालिकामा पहिरोले बगाएर दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार राप्ती–१२ को पर्खाल भन्ने स्थानमा माथिबाट खसेको पहिरोले दुई घर बगाउँदा घर भित्र रहेका चार जनालाई पहिरोले बगाएको थियो। ती मध्ये एक जना पुरुषको शव घटनास्थलबाट ५० मिटर तल फेला परेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।  

हराएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसैगरी कालिका नगरपालिका–११ दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पहिरोले बगाएर मृत्यु भएको छ। आफन्तकहाँ जाने क्रममा उनलाई पहिरोले बगाएको जनाइएको छ। रासस

प्रकाशित: १७ असार २०७८ १२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App