१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

नदीजन्य समस्या परे सम्पर्क गर्न कामपाको आग्रह

यस वर्ष मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य समस्या रोकथामको काम थालेको छ। महानगर क्षेत्र भएर बग्ने नदीमा बाढी आउँदा विगत वर्षमा जस्तो समस्या नदोहोरियोस् भनेर मनसुन सुरु भएसँगै बाढीजन्य विपद रोकथाम गर्न थालेको हो। महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा बाढीजन्य समस्या भएमा मोवाइल नं. ९८५१०२४३०५ मा सम्पर्क गर्न पनि कामपाले नगरवासीलाई आग्रह गरेको छ।  

भारी वर्षा भएको समयमा नदीमा पानीको बहाव बढ्ने र यसले जनधनको क्षति पुर्‍याउन सक्ने भएकाले नदी किनारामा बसोबास गर्ने परिवारलाई सतर्क रहन र जोखिमको सम्भावना देखेमा तत्काल जानकारी गराउन महानगरपालिकाले आग्रह गरेको छ।  

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार गएका वर्षहरुमा धोवीखोलाबाट अनामनगर क्षेत्र, बल्खु खोलाबाट बल्खु क्षेत्र, सामाखुशी नदीबाट सामाखुशी क्षेत्रमा बाढीजन्य समस्या रहेको र अहिले त्यो समस्या फेरि नआओस् भनेर सम्भावित जोखिम पूर्वानुमान गरेर काम थालिएको हो।  

सामाखुशीलगायत नदी क्षेत्रको सफाइ र सम्भावित जोखिमका लागि काम भइरहेको प्रवक्ता डङ्गोलले  बताए। यसबाहेक बाढीजन्य प्रकोपको व्यवस्थापनका लागि एउटा लोडर, पानी तान्ने सक्सन गाडी र पम्प, त्रिपाल, भर्‍याङ्, डोरीलगायत सामग्रीको व्यवस्था गरिएको छ। सम्भावित विपद् व्यवस्थापन गर्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित क्षेत्रगत साझेदारसँग समन्वय गरेर काम गर्ने तयारीसमेत भएको बताइएको छ। रासस

प्रकाशित: १७ असार २०७८ १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App