coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। कैलाली टीकापुरका ३५ वर्षीय महेन्द्र लोहारलाई प्रहरीले पक्राउ गरेको हो।

उनी हाल बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्दै आएका थिए। उक्त मुद्दामा जिल्ला अदालत बाँकेले २०७६ पुस २३ गते कैद र जरिवानाको फैसला सुनाएको थियो। 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेका अनुसार महेन्द्रलाई आठ दिन कैद र ११ लाख २५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। त्यसपछि उनी फरार रहेका थिए।

प्रकाशित: १४ असार २०७८ १०:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App