१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शताब्दी पुरुष जोशी अस्पतालबाट घर फर्किए

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी दशौँ दिनमा अस्पतालबाट घर फर्किएका छन् । उनलाई श्वासप्रश्वास, छाति, मुटुका चालमा समस्या तथा रक्तचापमा समेत कमी देखिएपछि ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालमा गत जेठ २६ गते भर्ना गरी उपचार शुरुआत गरिएको थियो ।

उनको स्वास्थ्यमा पूर्ण सुधार भएपछि आज दिउँसो घर पठाइएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जानकारी दिए । उनले भने, “शताब्दी पुरुषका छातिमा समस्या देखिएपछि हामीले अस्पतालमा भर्ना गरेका थियौँ । उहाँमा कोरोना सङक्रमणको पनि परीक्षण भयो । सङ्क्रमण  देखिएन । रक्तचाप नियन्त्रणमा आएको छ । क्षयरोगको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।”  

लामो उमेरका कारण निमोनियाले असर गर्ला भनी नौ दिन अस्पतालमा राखेर दशौँ दिनमा घर पठाएको निर्देश बज्राचार्यले जानकारी गराए । उनले एक हप्तापछि फलोअपका लागि शताब्दी पुरुषलाई चिकित्सकले स्वास्थ्य जाँच गर्नेछन् । अस्पतालले केही समय पहिले शताब्दी पुरुष जोशी र उनका धर्मपत्नी राधादेवीको आजीवन निः शुल्क उपचार गर्ने प्रतिवद्धता जनाएको थियो ।  

नेपाली भाषा, कला, संस्कृतिको संरक्षणमा विशेष योगदान दिँदै आएका शताब्दी पुरुष जोशी गत वैशाख ३० गतदेखि १०१ वर्ष पूरा गरी १०२ वर्षमा प्रवेश गरेका छन् ।

प्रकाशित: ४ असार २०७८ १४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App