१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ब्राउनसुगरसहित चार जना पक्राउ

लागुऔषध ब्राउन सुगरसहित प्रहरीले मोरङको छुट्टाछुट्टै २ स्थानबाट चार जनालाई पक्राउ गरेको छ । कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरपालिकाबाट २/२ जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।  

पथरीशनिश्चरे–१ स्थित सिनेमा हल नजिकबाट ३५ वर्षीय नारायण परियार र ३२ वर्षीय कृष्ण दर्नाललाई शुक्रबार बिहान पक्राउ परेका थिए । पक्राउ परेकाहरुबाट १३ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर र तौल लिने डिजिटल मेसिनसमेत बरामद भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जनाकारी दिए । तौल लिने मेसिनसहित पक्राउ परेकाहरु लागुऔषधका कारोबारी रहेको पुष्टि हुने प्रहरीले जनाएको छ ।    

कानेपोखरी–२ का ३१ वर्षीय हर्क विष्ट र २७ वर्षीय योगेन्द्र निरौलालाई बिहीबार राति साढे १० बजेतिर २ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन ४ जनालाई म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ४ असार २०७८ १३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App