२२ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

सुकौरा खोलामा ५५ वर्षीया महिला मृ’त फेला

मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित सुकौरा खोलामा एक महिलाको शव फेला परेको छ। मकवानपुरगढी गाउँपालिका वडा नं-७ सुकौरा बस्ने सोमबहादुर थिङकी ५५ वर्षीया श्रीमती लाली माया थिङ खोलाको पानीभित्र मृत अवस्थामा भेटिएकी हुन्।

सोमबार दिउँसो करिब ४ बजे आफ्नै घरबाट करिब २०० मिटर पश्चिम रहेको सुकौरा खोलामा उनको शव स्थानीयले देखेका थिए। घटनाको जानकारी दिउँसो ४:२० बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक धर्मेश कुमार यादवको कमाण्डमा घटनास्थल जाँच प्रविधिसहितको टोली घटनास्थलतर्फ खटिएको थियो।

स्थानीय बासिन्दाका अनुसार खोला तर्ने क्रममा भेलले बगाएर उनको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीले घटनास्थलको आवश्यक मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याउने तयारी गरिरहेको छ।

घटनाको यथार्थ कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित: २२ भाद्र २०८३ १९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App