४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

जंगली च्याउ खाँदा एकको मृत्यु, तीन बिरामी

मदिरासँग जंगली च्याउ खाएपछि एक जनाको निधन भएको छ भने तीन जना बिरामी परेका छन् । बिरामीमध्ये १ जनाको अवस्था चिन्ताजनक छ ।  

सन्दकपुर–१, खोलाघारीका ५० वर्षे टीकाबहादुर राईको उपचारक्रममा निधन भएको प्रहरीले जनाएको छ । स्थानीय जितबहादुर राई र टीकाबहादुरले इलाम नगरपालिका–३, पुवामझुवाका वीरमान राईको घरमा जंगली च्याउ लगेका थिए । च्याउ पकाएर खाएपछि जितबहादुर, टीकाबहादुर र ३५ वर्षे वीरमानसहित उनकी पत्नी ३२ वर्षीया विष्णुकुमारी राई बिरामी परेका थिए ।  

बिरामी चारैजनालाई इलाम अस्पताल ल्याइएकामा थप उपचारका लागि झापाको बिएन्डसी अस्पताल लगिएको थियो । गम्भीर अवस्थामा उपचाररत टीकाबहादुरको निधन भएको र जितबहादुरको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरू च्याउ खाएर बिरामी परेको पुष्टि भएपनि टीकाबहादुर र जितबहादुरले भने च्याउसँग मदिरासमेत पिएको स्थानीयले जनाएका छन् । च्याउसँगै मदिरा पिउनेहरू तत्कालै गम्भीर बिरामी परेका थिए भने मदिरा नपिएका वीरमान र विष्णु सामान्य बिरामी छन् ।  

प्रकाशित: २४ जेष्ठ २०७८ १२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App