२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

शव व्यवस्थापनमा नेपाल स्काउट

नेपाल स्काउटले कोरोना सङ्क्रणबाट निधन भएकाको शव व्यवस्थापनमा सघाउन थालेको छ । स्काउटको प्रदेश नं.१ को राजधानी विराटनगरमा आज स्काउटको प्रदेश तदर्थ समितिका संयोजक रवी खनालको नेतृत्वमा नेपाली सेनाबाट तालिम प्राप्त स्काउटकर्मीको टोलीले विराटनगरका ५४ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको हो ।

यसअघि नै सङ्क्रमितको शव व्यवस्थापनका निम्ति प्रदेश नं. १ का झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटरलाई नेपाली सेना पूर्वी पृतना हेडक्वाटर र नम्बर २ बाहिनी अड्डा, हिलेले तालिम दिएको थियो । स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत नवराज घिमिरेका अनुसार बेलबारी, रङेली, धरान, दमक, बिर्तामोड र भद्रपुरमा पनि स्काउटले शव व्यवस्थापन गर्ने तयारी गरेको छ । उनका अनुसार शव व्यवस्थापनका लागि खटिएका स्काउट स्वयंसेवकलाई अलग्गै बस्ने व्यवस्थापन गरिएको  छ । स्काउटले स्वास्थ्य परामर्श प्रदान गर्ने उद्देश्यले ‘डाक्टर अन कल हेल्पलाइन’ लगायत विभिन्न सेवा पनि सञ्चालन गरिरहेको छ । रासस 

प्रकाशित: १७ जेष्ठ २०७८ १२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App