२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

चितवन कारागारबाट भागेका ५४ कैदी फर्किए

चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन्। बुधबार बिहान आगजनी गरेर निस्किएका कैदीबन्दीमध्ये ५४ जना आफैं फर्किएका हुन्।  

भरतपुर कारागारबाट ७४० कैदीबन्दी भागेका थिए। अहिले क्रमशः फर्किन थालेको जिल्ला कारागार चितवनका प्रमुख रवीन्द्र ढुंगानाले जानकारी दिए। बुधबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको घेरा तोडेर कैदीबन्दी बाहिर निस्किएका थिए। उनीहरूलाई फोन गरेर बोलाएपछि आउने क्रम जारी रहेको ढुंगानाले बताए।  

‘बुधबारको माहोल बेग्लै थियो। त्यतिखेर सबै निस्किएर गए,’ ढुंगानाले भने, ‘सरकारले भागेका व्यक्तिहरूलाई जसरी पनि समात्छ भनेर पनि हुनसक्छ फर्किएका छन्।’  

कैदीहरूले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरूलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो। आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मीहरू कैदीहरूलाई छाड्न बाध्य भएका थिए। उनीहरूले मूल गेटमा आगो लगाएका थिए। ५५० क्षमता रहेको चितवन कारागारमा ७४० कैदीबन्दी थिए। जसमा ४६ जना महिला रहेको ढुंगानाले जानकारी दिए। रासस

प्रकाशित: २७ भाद्र २०८२ ०६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App