२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सखुवाको चिरानी काठसहित सात जना प्रहरी नियन्त्रणमा

प्रहरीले सखुवाको चिरानी काठसहित सात जनालाई नियन्त्रणमा लिएको छ। बराहपोखरी गाउँपालिका–१ बराहपोखरीबाट अवैधरुपमा सखुवाको ३५.७५ क्यूफिट काठ बोकेर खोटेहाङ गाउँपालिकातर्फ जाँदै गरेको को २ त ५२१३ नम्बरको ट्याक्टरसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

दुई नाबालकसहित सात जनालाई प्रहरीचौकी बराहपोखरीको प्रहरीको टोलीले मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताए।  

प्रहरीले बिनापुर्जी काठ ढुवानी गरिरहेका ट्याक्टरका चालक खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका २३ वर्षीय सुवास श्रेष्ठ, काठ लैजाने सोही स्थानका २० वर्षीय धिरज ताम्राकार, ३० वर्षीय सुजन श्रेष्ठ, ३३ वर्षीय सञ्जिव श्रेष्ठ र बरापोखरीका २५ वर्षीय गोबिन्द राउतलाई नियन्त्रणमा लिएको हो। दुई जना नाबालकको नाम भने प्रहरीले गोप्य राखेको छ। पक्राउ परेका सात जनालाई काठ र ट्याक्टरसहित मंगलबार साँझ नै डिभिजन वन कार्यालय खोटाङलाई बुझाइएको प्रवक्ता एवं प्रहरी निरीक्षक गजमेरले बताए।

 बराहपोखरीस्थित डाँडाखर्क सामुदायिक वन क्षेत्रबाट प्रकृया पूरा नगरी सखुवाको काठ निकासी गरिरहेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।उनीहरुले भने निजी खरबारीको काठ निकासी गरेको दाबी गरेको बराहपोखरीका वडाध्यक्ष टंक मगरले बताए।

प्रकाशित: १२ जेष्ठ २०७८ १३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App