धनकुटाको पाख्रिवास नगरपालिकामा संघीय सांसद एवम् नेकपा(एमाले) धनकुटाका अध्यक्ष राजेन्द्रकुमार राईको पहल तथा संसद विकास कोषमार्फत् ६ अर्ब रुपैंयाभन्दा माथिका विकासे आयोजनाका काम अगाडि बढिरहेको छ।
सञ्चालित आयोजनाहरुमा पाख्रिबास खेल मैदानका लागि १ करोड, नगर भरका विद्यालय स्तरोन्नति तथा नयाँ विद्यालय भवन निर्माणका लागि ३ करोड ६० लाख, बजार व्यवस्थापनका लागि ३ करोड ४० लाख, जालपादेवीका लागि ७ करोड, भुल्के राम्चे खानेपानीका लागि २८ करोड, सान्ने स्वास्थ्य सेवाका लागि ६ करोड, नगरमा हस्पिटल स्थापना गर्न १८ करोड, नमूना विद्यालयका लागि २५ करोड, पाख्रिबास सुनवालुवा सडकका लागि ८५ करोड, बसपार्क निर्माणका लागि १ करोड, अरुण मोटेरेवल पुलका लागि २२ करोड र अधेरीघाट सडक निर्माणका लागि ५० करोड रहेको छ।
ती योजनाहरु बहुवर्षका रहेका छन्। अहिले यी आयोजनाका काम तीब्ररुपमा अगाडि बढिरहेको संसद राईले जानकारी दिए।
प्रकाशित: ५ जेष्ठ २०७८ १४:२० बुधबार