१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दुर्गमका कोरोना संक्रमितलाई सरकारले हेलिकप्टरमार्फत उद्वार गर्ने

फाइल तस्बिर

कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितलाई हेलिकोप्टरमार्फत निःशुल्क उद्वार गर्ने भएको छ । प्रदेश सरकारले यातायातको पहुँच नपुगेका ठाउँका नागरिकहरु कोरोना संक्रमित भएमा उनीहरुलाई अस्पतालसम्म पुर्‍याउन हवाई उद्वार गर्ने निर्णय गरेको हो ।

‘यसका लागि मन्त्रिपरिषद् बैठकमार्फत एक करोड रुपैयाँ छौं,’ सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले भने, ‘दुर्गम क्षेत्रमा पनि कोरोना संक्रमण बढ्दै गएकाले सरकारले गम्भीर संक्रमितहरुलाई हवाई उद्वार गर्ने निर्णय गरेको हो ।’  

प्रदेश सरकारले कर्णालीमा भइरहेको अक्सिजन अभावलाई कम गर्न अक्सिजन सिलिण्डर र अक्सिजन कन्सन्ट्रेटर खरिद गर्ने भएको छ । अक्सिजन सिलिण्डर खरिदका लागि ६ करोड ३५ लाख र अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि पाँच करोड ४५ लाख रुपैयाँ स्वास्थ्य सेवा निर्देशनालयलाई उपलब्ध गराइएको प्रवक्ता शाहीले जानकारी दिए । यस्तै कोरोना संक्रमितका लागि आवश्यक पर्ने औषधि खरिदको प्रक्रिया पनि सरकारले सुरु गरेको छ । बजारमा अभाव रहेको रेम्डिसिभिरलगायतका औषधि खरिदका लागि एक करोड रुपैयाँ प्रदेश सरकारले छुट्याएको छ ।

सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । ‘आपूर्ति क्षमतास्तरको अक्सिजन ल्पान्ट सुर्खेतमा स्थापनाका लागि सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ,’ उनले भने, ‘एक–दुई दिनमै टेन्डर प्रक्रिया सुरु हुन्छ ।’ प्रदेश सरकारले कोरोना रोगको महामारीको विशेष परिस्थिति सृजना भएकाले सार्वजनिक खरिद एने, २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ को प्रक्रिया अनुसार खरिद सम्वन्धी कार्य गर्ने निर्णय गरेको छ ।

प्रकाशित: ३ जेष्ठ २०७८ ०५:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App