coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोटाङमा एक संक्रमितको मृत्य

खोटाङमा कोभिड–१९ संक्रमण पुष्टि भएका एक वृद्धको मृत्यु भएको छ । शुक्रबार गरिएको एन्टीजेन परीक्षणमा कोभिड–१९ पुष्टि भएका ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका ७८ वर्षीय गोपीलाल राज भण्डारीको मृत्यु भएको हो । मिर्गौला, सुगर र प्यारालाइसिसले लामो समयदेखि थलिएका राजभण्डारीको शनिबार बिहान मृत्यु भएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।  

ज्वरो आएपछि स्वास्थ्यकर्मीलाई घरैमा पठाएर एन्टीजेन परीक्षण गर्दा उनीसहित परिवारका तीन जनालाई संक्रमण पुष्टि भएको थियो । मृतकको शव नेपाली सेनामार्फत सदगदको तयारी गरिएको छ । शुक्रबार बसेको विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार ऐसेलुखर्ककै पुरानो घाटमा शव दाहसंस्कार गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । ‘भोली के पर्छ भनेर शनिबार बसेको विपद् व्यवस्थापनको बैठकले संक्रमितको मृत्यु भएमा कसरी दाह संस्कार गर्ने, कसरी शव लैजाने, कहाँ दाहसंस्कार गर्ने भन्ने निर्णय गरेका थियौं, सोही अनुसार नेपाली सेनाको सहयोगमा दाह संस्कार हुन्छ,’ अध्यक्ष निरौलाले भने, ‘परिवारलाई दाहसंस्कार गर्न दिन्नौं । शवलाई जेसिभिमा हालेर लगेर दाह संस्कार हुन्छ । त्यसको सवै तयारी भइरहेको छ ।’  

राजभण्डारी जिल्लामै कोभिड–१९ संक्रमण पुष्टि भएकामध्ये ज्यान गुमाउने पहिलो हुन् । जिल्ला बाहिर गरिएको परीक्षणमा कोभिड–१९ को संक्रमण देखिएका र ज्यान गुमाउने व्यक्तिको यकीन तथ्यांक छैन । यद्यपी, संक्रमणका कारण हालसम्म दिक्तेलका एकै परिवारका बाबुछोरा सहित पाँच जनाको मृत्यु भइसकेको छ । संक्रमणका कारण छोराको मृत्यु भएको केही दिनपछि बाबुको मृत्यु भएको थियो । जिल्लामा हाल ११७ सक्रिया संक्रमित छन् । संक्रमितमध्ये एक जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित: १ जेष्ठ २०७८ ०५:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App