१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अर्घाखाँचीमा जेठ १० सम्म निषेधाज्ञा लम्बियो

अर्घाखाँचीमा जारी निषेधाज्ञा जेठ १० गतेसम्म थप गरिएको छ। गत बैशाख २१ गतेदेखि जारी निषेधाज्ञा जेठ १० गतेसम्म लम्ब्याउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिए।  

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकले ३१ गते शुक्रबारसम्म जारी गरेको निषेधाज्ञालाई १० गतेसम्म निरन्तरता दिने भएको हो। कोरोना संक्रमण दर बढ्दै गएकाले नियन्त्रण गर्न निषेधाज्ञा थपिएको बैठकले निर्णय गरेको छ।

बैठकले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन तथा स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध समेत गरेको छ। बैठकले आदेशको उल्लंघन गर्ने, अवरोध गर्ने, कालोबजारी गर्ने, अत्यावश्यक वस्तुमा जथाभावी मुल्यवृद्धि गर्ने, कृत्रिम अभाव सृजना गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३१ वैशाख २०७८ १२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App