१६ चैत्र २०८० शुक्रबार
समाज

कंचनपुरामा जेठ ७ सम्म निषेधाज्ञा

कोराेनाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमण भयाभह रुपमा फैलिएर मृत्यु हुनेको संख्या ह्वात्तै बढेपछि कंचनपुरमा जेठ ७ गते सम्म निषेधाज्ञा थप गरिएको छ । कोराेनाको बढ्दो संक्रमण रोकथाम र नियन्त्रण गर्न कंचनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले कंचनपुरमा बैशाख ३१ गते राती १२ बजेदेखि जेठ ७ गते राती १२ सम्मका लागी थप कडा प्रावधान सहित निषेधाज्ञा जारी गरेका छन । यस अघि बैशाख १६ गतेदेखि बैशाख २२ गतेसम्म र दोश्रो पटक थप गरेर बैशाख ३१ गते राती १२ बजेसम्म कंचनपुरमा निषेधाज्ञा जारी गरिएको थियो ।  

जिल्लामा कोभिड १९ को संक्रमण तिव्र रुपमा बढीरहेकोेले रोकथाम र नियन्त्रणका लागी संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ दफा ६ को उपदफा ३ को अधिकार प्रयोग गरि निषेधाज्ञा जारी गरिएको प्रजिअ महतोले बताएका छन।औषधी उपचार र अतिआबश्यक काम वाहेक घरबाहिर निस्कन रोक लगाइएको छ । यसैगरि तरकारी र फलफुल बिक्री हुने हाटबजार र सव्जीमण्डी पनि बन्द गरिएको छ । स्थानिय तह र उद्योगा वाणिज्य सँघको समन्वयमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई हरेक आईतवार र बुधवार बिहान ६ बजेदेखि ९ बजेसम्म तरकारी र फलफुलका घुम्ती पसल सचालन गर्न पाइने छ ।

यसैगरि स्वास्थ्य सेवा,दुध डेरी तथा पेट्रोलियम पदार्थ सम्बन्धी वोहक अन्य पसल व्यवसाय संचालन गर्न रोक लगाइएको छ । खाद्य वस्तुका पसल , व्यवसाय आईतवार र बुधवार दुई दिन बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने भनिएको छ ।

राष्ट्रिय गौरवको आयोजना निर्माण सामग्री, उपकरण र कामदार निर्माण स्थलमा राखेर निर्माण गर्न दिने र यस बाहेकका अन्य सवै निमार्णका कार्य गर्न रोक लगाइएको छ । यसैगरि आदेशमा अतिआबश्यक वाहेक अन्य सार्वजनिक सेवा स्थगन गर्ने भनिएको छ ।  अतिआबश्यक सेवा प्रावह गर्ने कार्यालयले कम संख्यामा कर्मचारी र सवारीसाधन प्रयोग गरि कार्यालयको व्यवस्थापन मिलाउनु पर्ने भनिएको छ । राजस्व दाखिला र सरकारी कारोवार बाहेक बैकं तथा बित्तिय संस्थामा सवै सेवा बन्द गरिएको छ । अत्याआबश्यक भुक्तानी एटिएम तथा बिद्युतिय प्रणालीवाट गर्नें व्यवस्था मिलाउन आदेश गरिएको छ । कंचनपुरमा कोराना संक्रमणका १ हजार ४ सय १४ जना सक्रिय संक्रमित रहेका छन भने कोराना संक्रमणले ८६ जनाको ज्यान गैसकेको छ । 

प्रकाशित: २९ वैशाख २०७८ १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App