१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रादेशिक कोभिड अस्पतालमा तोडफोड, चिकित्सक कुटिए

जनकपुर प्रादेशिक कोभिड अस्पतालमा आक्रोशित समूहले तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि हातपात गरेको छ । सो समूहले अस्पतालको दुई थान भेन्टिलेटर फुटाएका छन् भने पाँच जना स्वास्थ्यकर्मीलाई कुटपिट गरेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. प्रमोद यादवले बताए ।  

कुटपिट पछि आफूहरु असुरक्षित भएको भन्दै स्वास्थ्यकर्मीहरु सेवा बन्द गरेका छन् । स्वाथ्यकर्मीहरु काममा नफर्किने भन्दै बस्नु भएको छ, डा. यादवले भने,‘ज्यान बाजी लगाएर दिनरात विरामीको सेवामा खटिदा पनि पिटाइ खानुपरेपछि कसरी काम गर्नु ?’

जलेश्वर अस्पतालमा भर्ना रहेका कोरोना संक्रमित ५५ वर्षीय सुखिचन महतो साढे पाँच बजे रेफर भएर प्रादेशिक कोभिड अस्पताल जनकपुरमा आइपुग्दा अतयन्त सिकिस्त थियो डा. यादवले भने,‘भेन्टिलेटरमा राखेर उपचार सुरु गर्न नपाउँदै मृत्यु भयो । आउँदै सिकिस्त उहाँलाई हामीले बचाउन सकेनौं ।’ त्यसकै निहुँमा जनकपुरका केही मानिसले अस्पतालमा तोडफोड मच्चाउन थाले । चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थाले ।’

जनकपुरका केही मानिस प्रादेशिक अस्पतालमा कोभिड उपचार प्रभावित पार्न खोज्दै छन डा. यादवले भने,‘पहिला खानाको विषयलाई विवादित बनाएर प्रभावित गर्न खोजे अहिले तोडफोड गरेर सेवा प्रभावित गर्न खोजेका छन् ।’

तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित: २८ वैशाख २०७८ १४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App