३० वैशाख २०८३ बुधबार
image/svg+xml
अपराध

आल्मुनियमसहितका सामग्री चोरी गरेको अभियोगमा भारतीयसहित पाँचजना पक्राउ

तामाको तार चोरी गरेको कसुरमा ताप्लेजुङ प्रहरीले एक विदेशी नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी जटाशंकर यादवका अनुसार फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिम फेसेवास्थित निर्माणाधीन तमोर इनर्जी प्रालि अन्तर्गत चाइना रेलवे नं २ इञ्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडको सेग्मेन्ट यार्डबाट सामान चोरी गरेको कसुरमा ५ जनालाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बिहार बस्ने ३८ वर्षका जमल, फक्ताङलुङ गाउँपालिका वडा नं १ का २५ वर्षीय यामबहादुर कटुवाल, सोही ठाउँका २० वर्षीय विवेक लिम्बू, २६ वर्षीय सहवीर लिम्बू र २० वर्षीय मुकुरसिंह लिम्बू रहेका छन्। उनीहरूलाई आल्मुनियम कोर केवल १५० एमएमको २१० मिटर, १२० एमएमको ३० मिटर, कपर कोर केवल २.५ एमएमको १ हजार मिटर, कपर कोर बेवल १६ एमएमको ३ सय मिटर गरी जम्मा १ हजार ५ सय ४० मिटर आल्मुनियम र कपर कोर विद्युतीय तारहरू चोरी गरेको अभियोग रहेको छ।

गत वैशाख १४ गते यि सामान चोरी भएका थिए। चोरी भएका सामानको मूल्य २० लाख रुपैयाँ बढी हुने प्रहरीले प्रारम्भिक मूल्याङ्कन गरेको छ। पक्राउ परेकाहरूलाई ताप्लेजुङ जिल्ला अदालतबमाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(३) बमोजिम ७ दिनको म्याद लिइ आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

कवाडी सामान खरिद गर्दै आएका भारतीय नागरिक जमलको कवाडी गोदाम खानतलासी गर्दा उक्त सामान फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ वैशाख २०८३ ११:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App