५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

अक्सिजनका सिलिण्डर खोज्न प्रहरी परिचालन

फाइल तस्बिर

लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिण्डर  खोज्न यहाँ प्रहरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँचसिलिण्डर संकलन  गरेको छ ।

मेडिकलबाहेक अन्य प्रयोजनमा अक्सिजन सिलिण्डर  प्रयोग भइरहेको जानकारी आएपछि प्रहरी परिचालन गरेर सिलिण्डर  सङ्कलन थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले बताए ।  कोभिड–१९ महामारीको दोस्रो लहरले सङ्क्रमितको सङ्ख्या बढेसँगै अक्सिजन सिलिण्डरको माग बढिरहेको छ । विभिन्न उद्योग र ग्यारेजबाट प्रहरी टोलीले सिलिण्डर  संकलन गरी डिलरमा पु¥याएको छ ।

दमकको मातृका ट्रेडर्स र विर्तामोडको कपुरी ब्रदर्स तथा जलकन्या ट्रेडर्समा ती सिलिण्डर  रिफिलका लागि पठाइएको थापाले जानकारी दिए । उनले प्रयोगविहीन र लुकाइएका अक्सिजन सिलिण्डरको खोजी कार्य जारी रहेको बताए ।  

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्कलन गरिएका सिलिन्डर निजी तथा सरकारी अस्पतालमा बिरामीको चाप र आवश्यकता हेरेर उपलब्ध गराइने जनाए । ‘जुन अस्पतालमा अक्सिजन अभाव हुन्छ, त्यहीँ उपलब्ध गराउँछौँ’, प्रजिअ तिम्सिनाले भने, ‘अक्सिजन अभावमा सङ्क्रमितलाई सकस नहोस् भनेर उद्योगधन्दाका सिलिण्डर संकलन  गर्न थालेका हौँ ।’

जिल्लामा आइसोलेशनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २०३ रहेको छ । मेची प्रादेशिक अस्पतालमा रहेको ७५ श्ययाको कोभिड अस्पतालमा ५० श्यया सङ्क्रमितले भरिसकेको छ ।  

अस्पतालको अनुगमन

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा रहेका सरकारी तथा निजी अस्पतालको अनुगमन सुरु गरेको छ । प्रजिअ तिम्सिनाले निजी तथा सरकारी अस्पतालको अनुगमन गरेर त्यहाँ भर्ना भएका कोरोना सङ्क्रमितको उपचार अवस्थाका बारेमा जानकारी लिइएको बताए।  

यहाँ चार सय आइसोलेशन कक्षको व्यवस्था रहेको उहाँले जानकारी दिए । मेची कोभिड अस्पतालमा ७५ श्यया आइसोलेशन र २५ श्यया एचडयू रहेको उनले बताए ।  त्यसैगरी बी एन्ड सी हस्पिटलमा २५ श्ययाको आइसियु तथा भेन्टिलेटर र ७५ श्ययाको आइसोलेशन वार्ड सञ्चालनमा छ । मनमोहन सामुदायिक अस्पतालमा अक्सिजनसहितको १० र विर्तासिटी अस्पतालमा २५ श्ययाको कोभिड उपचार कक्ष रहेको छ ।  रासस 

प्रकाशित: २५ वैशाख २०७८ १०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App