३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

बैतडीमा कोरोनाबाट थप एकको मृत्यु

बैतडीमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। जिल्ला अस्पतालमा उपचाररत मेलौली नगरपालिका–२ का ५८ वर्षीय पुरुषको शनिबार बिहान सवा ६ बजे मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए।

यही वैशाख २३ गते राती जिल्ला अस्पतालमा आएका उनमा सोही दिन कोरोना पुष्टि भएको थियो। केही दिन पहिलादेखि लक्षण देखिएका उनी स्वास्थ्यमा जटिलता आएपछि मात्रै अस्पताल पुगेका थिए। अक्सिजन सपोर्टमा उनको उपचार भइरहेको थियो।

जिल्ला अस्पतालको आइसोलेसनमा १२ जना संक्रमितको उपचार भइरहेको छ। उनीहरु मध्ये ९ जनाको अक्सिजन सपोर्टमा उपचार भइरहेको डा.जोशीले बताए। बैतडीमा हालसम्म ४ सय ३६ जना संक्रमित रहेका छन् भने ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: २५ वैशाख २०७८ ०५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App