१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हलेसी तुवाचुङ नगरपालिकाले बनायो होटलमा ३२ बेडको आइसोलेसन सेन्टर

आइसोलेसन सेन्टर बनाइएको हलेसीस्थित रोयल होटल । तस्बिर : नागरिक

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले होटलमा ३२ बेडको आइसोलेसन सेन्टर बनाएको छ । कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा ३२ बेडको आइसोलेसन सेन्टर बनाएको हो । 

सक्रिया संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि रोयल होटलको १६ कोठामा आइसोलेसन सेन्टर बनाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको वैशाख १३ गते बसेको बैठकको निर्णय अनुसार नगरपालिकाले बिहिबार होटलमा आइसोसेलन सेन्टर बनाएको हो । पानी, विजुली र इन्टरनेटको शुल्क तिर्नेगरी होटल सञ्चालक प्रेम श्रेष्ठले आइसोलेसन बनाउनका लागि नगरपालिकालाई होटल उपलव्ध गराएका हुन् ।  

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित स्वास्थ्यचौकीमा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालमा भएको ५ बेडको आइसोलेसन अपुग हुने भएकाले हलेसीमा ३२ बेडको आइसोलेसन सेन्टर थप गरिएको मेयर राईले बताए । कोभिड–१९ को महामारी फैलिएको अवस्थामा नगरपालिकाका कोरोना संक्रमितलाई सुरक्षितसाथ राख्ने र उपचार गर्ने व्यवस्थाको पुर्वतयारीमा आइसोलेसन सेन्टरमा बनाइएको नगरपालिकाले जनाएको छ । आइसोलेसन सेन्टरमा अक्सिजनको पर्याप्त व्यवस्थापन भने गरिएको छैन । संक्रमणबाट जटिल बिरामी भएकाका लागि भने अक्सिजनको अभाव नहुने मेयर राईले बताए ।  

नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा जिल्लाका १० वटै स्थानीय तहले आ–आफ्नै तरिकाले आइसोलेसन सेन्टर निर्माण गरिरहेका छन् । कोभिड–१९ का सक्रिया संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि कतिपय स्थानीय तहले पुरानो आइसोलेसन सेन्टरलाई नै नयाँ आइसोलेसन सेन्टरकारुपमा व्यूँताएका छन् भने कतिपय स्थानीय तह नयाँ आइसोलेसन सेन्टर निर्माणमा जुटेका छन् ।

प्रकाशित: २४ वैशाख २०७८ १४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App