११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

कपिलवस्तुमा १० दिने निषेधाज्ञा

कोरोना संक्रमितको संखया बढेपछि कपिलवस्तुमा १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ। चौतर्फी आवाज उठेपछि आइताबार प्रशासन कार्यालयमा बसेको कोरोना संकट ब्यवस्थापन केन्द्रले गरेको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय गरेका हो। प्रजिअ चक्रपाणी पाण्डेयले कोरोना भाइरसको दोश्रो भेरियन्टको चेन ब्रेक गर्न वैशाख २१ देखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए।  

मंगलबार बिहान ४ बजेदेखि ३१ गते शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी रहने छ। अत्यावश्यक सेवा भने रोक नलगाइएको प्रजिअ पाण्डेयले बताए । खाद्यान्न तथा अन्य सरसामान किनमेलका लागि भनै दैनिक बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ। निजी र सार्वजनिक सवारी साधन चलाउन, सभा सम्मेलन गोष्ठी हाटेल तथा रेस्टुरेन्ट लगायतका संचालन गर्न रोक लगाइएको छ। जिल्लामा आइताबार दिउँसोसम्म ४ सय ६१ सक्रिय संक्रमित भेटिएका छन् भने ४७ जनाको मृत्यु भएको छ।

प्रकाशित: १९ वैशाख २०७८ १५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App