१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रदेश २ मा ४ सय २२ संक्रमित थपिए

प्रदेश २ मा शनिबार ४२२ नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै सक्रिय संक्रमितको २५ सय ५२ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा १५२, बारामा ३२, रौतहटमा ३९, सर्लाहीमा ७, महोत्तरीमा ६५, धनुषामा ११३, सिरहामा ७ जना संक्रमित थपिएका छन् ।

सबैभन्दा बढी पर्सामा १४२०, बारामा २८२, रौतहटमा १५९, सार्लाहीमा १६, महोत्तरीमा १५२, धनुषामा ४०३, सिरहामा ५८ र सप्तरीमा ७१ जना सक्रिय संक्रमित छन् । संक्रमित बढी भएको पर्सा, बारा र धनुषा जिल्लालाई सरकारले शुक्रबार रेड जोनको सूचीमा रोखेको छ । पर्सामा बिहीबारबाट निषेधाज्ञा लागू गरिएको छ ।

प्रकाशित: १८ वैशाख २०७८ १५:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App