५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

झुक्याएर सवारी पास लिने बढेपछि भक्तपुरमा पास वितरण बन्द

जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबारदेखि सवारी पास बन्द गरेको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनावश्यक रुपमा सवारी पास लिनेहरुको संख्या बढेको जनाउँदै सवारी पास वितरण बन्द गरेको जनाएको छ।

‘अति आवश्यक भन्दै सवारी पास लिन आउनेहरुको भीड लागेपछि अहिलेलाई सवारी पास वितरण बन्द गरेका छौं’ जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत यज्ञराज जोशीले भने।

उनले सूचना जारी गरी अतिआवश्यक मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्यको लागि स्थानीय तहको सम्बन्धित वडा कार्यालयको सिफारिस लिएर आएकाहरुलाई मात्रै सवारी पास दिने जनाउँदै अनावश्यक व्यक्तिहरुले पनि अति आवश्यक भनी सवारी पास लिन थालेपछि कडाई गर्नुपरेको स्पष्ट पारे।

यातायातका साधनको हकमा भने अतिआवश्यक खाद्यान्नलगायत दैनिक उपभोग्य सामान बोक्ने र अति आवश्यक कामको लागि प्रयोग गर्ने साधानलाई निर्वाध रुपमा चलाउन दिने उनको भनाइ छ।

बिरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैक, वित्तीय संस्था, विमा, एयरर्पोटमा जानेआउने यात्रुहरुको हकमा सवारी पास आवश्यक नपर्ने प्रशासनले जनाएको छ। त्यस्ता व्यक्तिहरुलाई कहीँकतै अवरोध भएका सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ नम्बरमा फोन गर्न सकिने पनि सूचनामा जनाइएको छ।

प्रकाशित: १७ वैशाख २०७८ १३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App